नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

दिनेश राज न्यौपाने
१५ माघ २०८१ कोहलपुर ; नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु भएको जनाएको छ। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै कलेज प्रशासनले डेण्टल कलेजको अध्यन अध्यापन समेत सुरु भैसकेको जनाएको हो। लर्ड बुद्ध एजुकेशनल एकेडमी लि.द्वारा सँचालित नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर २०५३ सालदेखि सँचालनमा रही कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेश र लुम्विनी प्रदेशका बाँके, बर्दिया, दाङ्ग, सल्यान, रुकुम पुर्वी/पश्चिम, रोल्पा र प्युठान जिल्लाका जनताहरुलाई स्वास्थ्य उपचार सेवा र चिकित्सा शास्त्र अध्यापन सेवा पुर्याउदै आइरहेको अस्पताल हो । कोहलपुर शिक्षण अस्पताल ४०० बेड क्षमतामा सँचालन गर्न स्वीकृत अस्पतालले विगत कोभिड-१९ को आपतकालिन महामारीको अवस्थामा समेत थप बेड सँचालन गरी निरन्तर रुपमा बिरामीहरुको उपचार सेवामा सक्रिय भूमिका निर्वाह गरेको अस्पतालले जनाएको छ।अस्पतालले सेवा विस्तारको क्रममा यसै बर्षदेखि नेपालगञ्ज डेण्टल कलेज स्थापना भई यस क्षेत्रका सेवाग्राहीहरुलाई दन्त स्वास्थ्य सेवा र दन्त शिक्षा अध्ययन अध्यापन गराउन स्वीकृति प्राप्त भई गत पौष २५ गतेबाट दन्त सम्बन्धी काठमाडौ युनिभर्सिटी बाट स्वीकृति भई BDS Programs मा १५ जना विद्यार्थी र BMLT मा ५ जना विद्यार्थी र BMIT मा ५ जनाको कोटा प्राप्त गरि शिक्षण सुचारु भएको जनाएको छ। सुचारु भएको डेण्टल कलेजमा डेण्टल सम्बन्धि ९ वटा डिपार्टमेण्टहरुको स्थापना गरी अति विशिष्ट बिशेषज्ञद्वारा उच्च स्तरिय सेवा अत्याधुनिक उपकरणहरुद्वारा सुलभशुल्कःमा प्रदान गर्दै आएको प्रशासनले जनाएको छ ।
डेण्टल विभागहरुः
१. ओरल मेडिकल एण्ड रेडियोलोजीः CBCT यो उन्नत इमेजिङ्ग प्रविधि हो, जसले दाँत नरम तन्तु नशाका मार्गहरु र अनुहार तथा गिजाको हड्डीको विस्तृत डिभेन्सनल ,(3D) चित्र प्रदान गरिन्छ । यसले साधारण X-Ray दिने भन्दा दुई गुणा डिभेन्सल,2D) तस्वीर र विस्तृत जानकारी दिन्छ ।
२. Oral & Maxillogical Surgery: (मुख तथा अनुहारको शल्यक्रिया)
(क) मुख तथा अनुहारको क्यान्सर, हड्डी मिलाउने, कृतिम जरा राखी दाँत हाल्ने,अनुहारमा चोट पटक लागेको मिलाउने ।
३. प्रोस्थोडोन्टिक्सःनक्कली दाँत हाल्ने,फिक्स दाँत झिक्ने र राख्ने,पुरै सेट दाँत हाल्ने, नक्कली आँखा, नाक, कान र गाला मिलाउने ।
४. अर्थोडेन्टिक विभागः बाँगो दाँत मिलाउने, नमिलेको गिजा (हड्डी) मिलाउने ।
५. Periodontics: गिजा सम्बन्धी बिशेषज्ञ
६. Pedodontics: बच्चाहरुको दाँत बिशेषज्ञ
७. Oral Pathology: प्याथोलोजी दाँत सम्बन्धी सबै प्रकारका रोग पत्ता लगाउने बिशेषज्ञ ।
८. इण्डोडेन्टिक्सः दाँतको जरा सम्बन्धि सम्पूर्ण उपचार सेवा ।
९. कम्युनिटी डेण्ट्रिस्ट्रीः स्वास्थ्य शिविर र जन समुदाय स्तरमा दाँत सम्बन्धी जनचेतना जस्ता डिपार्टमेन्टहरु संचालनमा आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेका प्रशासन/ सम्पर्क अधिकृत राम कृष्ण हमालले जानकारी दिनु भएको छ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs