भ्रष्टाचार मुद्दाका दोषीले थुना बाहिरै रहेर मुद्दा लड्न पाउने सर्वोच्चको आदेश

सुरक्षा सम्बादाता १६ माघ २०८१ काठमाडौं;सर्वोच्च अदातलको बृहत् पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्तिले थुना बाहिरै रहेर सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला जारी गरेको छ ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू विनोद शर्मा, अब्दुल अजीज मुसलमान, सुनिल कुमार शर्मा र नृपध्वज निरौलाको इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका रुद्रप्रसाद दाहालको मुद्दामा यस्तो फैसला गरेको हो ।सर्वोच्च अदालतले यसका लागि केही शर्त तोकेको छ । सर्वोच्चले दोषी ठहर भएको व्यक्ति ६ महिना थुनामा बसेको हुनुपर्ने र उसले अदालतको अनुमति बेगर विदेश जान नपाउने गरी राहदानी रोक्का राख्ने शर्तमा थुना बाहिरै रहेर मुद्दा लड्न पाउने व्यवस्था गरेको हो ।अब अन्य मुद्दामा पनि यो फैसलाको पालना गरिनेछ । यसअघि सर्वोच्चले जिल्ला अदालत हुँदै उच्च अदालतबाट सर्वोच्च आएका प्रतिवादीहरूको हकमा थुनामा रहेर ६ महिनाभित्र फैसला नभए धरौटी वा तारेखमा रिहा भएर मुद्दा लड्न पाउने फैसला सुनाएको थियो ।यातायात व्यवस्था विभागका कर्मचारीसहित केही भ्रष्टाचार मुद्दामा ५ वर्षभन्दा माथि कैद भएका प्रतिवादीहरूले आफूहरूले पनि थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै निवेदन दिएका थिए ।

Advertisement 1

उक्त निवेदक संयुक्त इजलासबाट विस्तृत व्याख्याका लागि बृहत् पूर्ण इजलासमा गएको थियो । प्रधान न्यायाधीश राउतसहित संलग्न बृहत् पूर्ण इजलासले यो विवादमा २०८१ पौष २६ मा थुना बाहिरै बसेर मुद्दा लड्न पाउने फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ हालैमात्र सार्वजनिक भएको छ ।

प्रकाशित : ३ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs