सामाजिक सञ्जालसम्बन्धी विधेयक स्वीकार नगर्ने रास्वपाको चेतावनी

सुरक्षा सम्बादाता १८ माघ २०८१ काठमाडौं; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा दर्ता भएका सामाजिक सञ्जालसम्बन्धी विधेयकका प्रावधानहरू स्वीकार गर्न नसकिने जनाएको छ ।रास्वपाका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले हिजो विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्।

Advertisement 1

महामन्त्री बुर्लाकोटीले अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन स्वीकार गर्न नसकने र अविलम्ब उक्त विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।

Advertisement 2

रास्वपाले अध्यादेशका गलत बाछिटाहरूले राजनीतिलाई दूषित बनाइरहेको र सोही सेरोफेरोमा सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने प्रयास भएको भन्दै उक्त नियत गलत भएको बताएको छ ।

महामन्त्री बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाउँदै गर्दा त्यसकै सेरोफेरोमा आएको यो विधेयक पछाडिको नियत सही देखिँदैन। सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिई यसका प्रत्यक्ष र परोक्ष सरोकारवालाहरुसँगको परामर्श तथा संवैधानिक मूल्य–मान्यता अनुरूप पुनर्लेखन गर्न आग्रह गर्दछौं।’

Advertisement 3

सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई सार्वजनिक बहस र छलफलबाट छलेर हतारहतार दर्ता गर्नुले सरकारको नियतमा रहेको खोटलाई उजागर गरेको रास्वपाको दाबी छ ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs