माघ २२ र २३ गते डा.योगि विकासानन्द को उपस्थितिमा योग तथा ध्यान शिविर संचालन गर्दै गोर्खा युनाइटेड पब्लिक स्कुल

दिनेश राज न्यौपाने
१८ माघ २०८१ कोहलपुर ; आगामी माघ २२ र २३ गते विश्व प्रख्यात योग गरु डा.योगि विकासानन्द को उपस्थितिमा योग तथा ध्यान शिविर गोर्खा युनाइटेड पब्लिक स्कुलले आयोजना गर्ने भएको हो। संस्थागत बिध्यालयको क्षेत्रमा पश्चिम नेपालमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गोर्खा युनाइटेड पब्लिक स्कुलले विकासानन्द फाउन्डेसन विश्व परिवार पामे बहाङ्ग पोखराको समन्वय र सहकार्यमा दुई दिने योग ध्यान शिविर साथै ज्ञान एवं जिवनशैली ब्यवस्थापन सम्बन्धि उत्प्रेरणात्मक प्रवचन कार्यक्रम हुने बिध्यालयका संचालक अध्यक्ष केशर बहादुर आले मगरले जानकारी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनका क्रममा पछिल्लो समय जिवनशैली परिवर्तन भए संगै मानिसका दैनिक ब्यवहारहरु पनि परिवर्तन हुँदै गएकोले यस्तो विषम परिस्थितिमा योग तथा ध्यान शिविरले सकारात्मक परिवर्तन ल्याउन सक्ने जसले आम मानिसमा हुने नकारात्मक सोच र ब्यवहारमा पनि परिवर्तन होस बिध्यालय एउटै उद्देश्य रहेको अध्यक्ष मगरले बताउनु भएको छ। शिविरमा बिध्यालयमा अध्ययनरत बिध्यार्थी शिक्षक अभिभावक जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि ,उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका प्रमुख माननिय न्यायाधीश ,गैर सरकारि संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि समाजसेवी राजतीज्ञ पत्रकार एवम सम्पुर्णमा सार्वजनिक रुपमा आमन्त्रण गरिएको बिध्यालय प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिनु भएको छ। वर्तमान यो विषम परिस्थितिमा सरकारी क्षेत्रबाट संचालन हुनु पर्नेमा एउटा निजि शैक्षिक संस्थाले सामाजिक उत्तरदायीत्त्व अन्तर्गत आयोजना गर्न लागेको कार्यक्रमका लागि बिध्यालय प्रशासनलाई नागरिकले धन्यवाद व्यक्त गरेका छन ।

प्रकाशित : ३ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs