बाँके प्रहरी द्वारा ब्राउन सुगर सहित २ जना पक्राउ

सुरक्षा सम्बादाता १८ माघ २०८१ राप्ती सोनारी; बाँके प्रहरीले आज शुक्रबार लागू औषध ब्राउन सुगर सहित जमुनाहा बाट २ जनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाहा बाट खटेको संयुक्त टोलिले भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लेकबेशी नगरपालिका १ सुर्खेत निवासी ३० बर्षिय भक्तराज थापा र भगवती माई गाउँपालिका ३ दैलेखका २८ बर्षिय हिमाल खड्का रहेका छन ।
प्रहरीले उनिहरुको साथ बाट ११ ग्राम ४ सय ७० मिलि ग्राम ब्राउन सुगर जस्तै देखिने खैरो धुलो पदार्थ फेला पारेको जनाएको छ ।

प्रकाशित : ३ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs