सरकारले आलोचना सहन नसकेर सामाजिक सञ्जाल विधेयक ल्यायो : माओवादी केन्द्र

सुरक्षा सम्बादाता १९ माघ २०८१ काठमाडौँ; नेकपा (माओवादी केन्द्र)ले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक’प्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।पार्टी प्रवक्ता अग्नि सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै विधेयकमार्फत सरकार निरंकुशतातर्फ अग्रसर रहेको देखिएको बताएका छन् । प्रवक्ता सापकोटाले सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा आफूविरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले सरकारले विधेयक प्रस्तुत गरेको उल्लेख गरेका हुन् ।विधेयक संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सरोकारवालाहरूसँग कुनै राय, सल्लाह तथा छलफल नगरीकन स्वेच्छाचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसद भित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ । वर्तमान सरकारले आफुविरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रूपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रस्ट्याएको छ ।’

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs