नेपाल प्रहरीका इन्सपेक्टर बाट डीएसपी मा बढुवा भएका ७५ जनालाई दर्ज्यानी चिन्ह प्रदान

Advertisement 1

सुरक्षा सम्बादाता ०५ फागुन २०८१ काठमाडौं; नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।बढुवा भएका ७५ डीएसपीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नबाट सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आवश्यक निर्देशन पनि दिए।नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास व्यक्त गरे।

पद बढुवा संगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले अझै खरो रूपमा उत्रिले विश्वास लिएको बताए।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs