नाबालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने स्पा सञ्चालिका पक्राउ

दिनेश राज न्यौपाने
०५ फागुन २०८१ काठमाडौ ; नाबालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने स्पा सञ्चालिका लाई प्रहरीले पक्राउ गरेको छ।नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखत अनुसन्धान ब्युरो बबरमहल काठमाण्डौले स्थायी वतन जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं. ५ बस्ने ४१ वार्षिय स्मृति भन्ने रमिला गौतम लाई पक्राउ गरेको हो।
गौतमले हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा नं.२६ ठमेल सातघुम्तीस्थितमा सञ्चालन गरेको हिमालयन नेचुरल स्पामा जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३७७) लाई आर्थिक प्रलोभनमा पारी पार्लरको काम गराउने भनी काममा राखी स्पामा मसाज गर्नको लागि आउने ग्राहकहरुसँग जबरजस्ती बेश्यावृत्तिको काममा लगाएको भनी पीडित बालिकाले ब्युरोमा दिएको जाहेरी दरखास्त पेश गरेकि थिइन ।
अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले बालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने कार्यमा संलग्न स्पा सञ्चालिका स्मृति भन्ने रमिला गौतमलाई काठमाण्डौ महानगरपालिका वडा नं. २६ ठमेल स्थितबाट फागुन २गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन ७ (सात) को म्यादथप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनु भएको छ।

प्रकाशित : ४ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs