गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष केपि ओलिलाई सर्वोच्चले माग्यो लिखित जवाफ

सुरक्षा सम्बादाता ०५ फागुन २०८१ काठमाडौं; सर्वोच्च अदालतले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको छ ।न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले गिरीबन्धु टी स्टेट्सको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलना निवेदनमा मुद्दाको सक्कल मिसिल झिकाउँदै ओलिका नाममा पनि कारण देखाऊ आदेश जारी गरेको हो ।

Advertisement 1

सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं भूमि व्यवस्था मन्त्रालयको नाममा आदेश जारी गरेको हो । साथै गत वर्ष सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको गिरीबन्धु टी स्टेट्स सम्बन्धी मुद्दाको मिसिल समेत साथै राख्न आदेश दिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धुको मुद्दामा भएको फैसला कार्यान्वयनको साटो हदबन्दी खुकुलो हुने गरी अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री ओली लगायतमाथि अवहेलना कारबाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs