प्रथम एन प्याब्सन बाँके फुटबल कप प्रतियोगिता सोमबारदेखि कोहलपुरमा सुरु

सुरक्षा संवाददाता
०५ फागुन २०८१ कोहलपुर ; प्रथम एन प्याब्सन बाँके फुटबल कप प्रतियोगिता सोमबारदेखि कोहलपुरमा सुरु भएको छ। एन प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्लको सभापतित्व र नेपाल सरकारका संघिय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आथित्यतामा उद्घाटन भएको कार्यक्रममा बिशिस्ट अथिती कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा,कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि कठायत ,कोहलपुर नगरपालिका ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, एन प्याब्सन केन्द्रीय उपमहासचिव कुसुम रानाभाट, नेशनल प्याब्सन केन्द्रिय सदस्य श्याम कुंवर, प्रदेश अध्यक्ष कुवेर बस्नेत, प्रदेश सह–कोषाध्यक्ष कमल पछाई लगायत बिशिस्ट ब्याक्तिहरुको आथित्यता रहेको थियो। विध्यार्थिको अतिरिक्त क्रियाकलाप अन्तर्गत पर्ने खेल विधामध्य विश्वमा चर्चाको रुपमा रहेको फुटबल खेलामा धेरैको रुचि हुने भन्दै यस्तो खेलको आयोजना गरेकोमा कार्यक्रमका प्रमुख अथिती समेत रहेका खेलकुद मन्त्री चौधरीले एन प्याब्सन बाँकेका अध्यक्ष किशोर मल्ल लगायत सिङ्गो बाँके एन प्याब्सन टिम लाई धन्यवाद व्यक्त गरे । त्यस्तै उद्घाटन कार्यक्रमका बिशिस्ट अथिती एवम कोहलपुर नगरपालिकाका मेयर पुर्णा प्रसाद आचार्यले कोहलपुरमा खेल आयोजना गरेकोमा धन्यवाद ब्याक्त गर्दै कोहलपुर नगरपालिका संधैव विध्यार्थिहरुको पढाई संङसंगै अतिरिक्त खेल क्षेत्रलाई समेत प्राथमिकता दिदै आएको बताउदै नगरले यस्ता खालका गतिशील कार्यक्रमहरूलाई नगरले मिल्ने सम्मको अग्रसरता दिने बताएका छन । मेयर आचार्यले थपे कोहलपुर नगरपालिकालाई खेल क्षेत्रको हव बनाउनका लागि सरकारी र संस्थागत जता बाट हुन्छ सबैको ऐक्यबद्धता हुनु पर्ने बताएका हुन।
सोमबारदेखि संचालन भएको प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, उप-विजेतालाई १५ हजार र सेमिफाइनल टिमलाई १० हजार पुरस्कार रहेको आयोजकले जनाएको हो । त्यस्तै वेष्ट किपर, स्कोरर, डिफेण्डर, मिड फिल्डरलाई प्रति १/१ हजार रुपैया र उत्कृष्ट खेलाडी नगद ५ हजार रुपैया पुरस्कारको ब्यवस्था रहेको जनाएको छ । सोमबार देखि संचालन भएको प्रतियोगितामा एन प्याब्सन बाँकेमा आवद्ध ३७ वटा विद्यालयको सहभागिता रहेको कार्यक्रम संचालक एवम् एन प्याब्सन बाँकेका सचीव वेग प्रसाद चन्दले जानकारी दिनु भएको हो।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs