वित्तीय कार्यसम्पादन मूल्यांकनमा कोहलपुर नगरपालिकाले सबैभन्दा कम ३५.२अंक प्राप्त

Advertisement 1

दिनेश राज न्यौपाने
०५ फागुन २०८१ कोहलपुर ; वित्तीय कार्यसम्पादन मूल्यांकनमा बाँकेका ८ स्थानिय तह मध्य कोहलपुर नगरपालिकाले सबैभन्दा कम अंक प्राप्त गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा बाँके जिल्लामा रहेका आठ वटा स्थानिय तह राप्तीसोनारी गाउँपालिका ,नरैनापुर गाउँपालिका ,डुडुवा गाउँपालिका ,नेपालगन्ज उप- महानगरपालिका,जानकी गाउँपालिका ,खजुरा गाउँपालिका ,कोहलपुर नगरपालिका ,र बैजनाथ गाउँपालिकाको छुट्टाछुट्टै णिकालेको कार्यसम्पादन मुल्यांकनमा कोहलपुर नगरपालिका सबैभन्दा कम अंक प्राप्त गर्नेमा परेको छ। जिल्लाका आठ स्थानीय तहमध्ये राप्तीसोनारीले सर्वाधिक अंक प्राप्त गरी उत्कृष्ट स्थान हासिल गरेको हो ।
वित्तीय कार्यसम्पादन आयोगका अनुसार, मूल्यांकनमा राप्तीसोनारी गाउँपालिकाले सबैभन्दा बढी ६० अंक हासिल गरेको छ । भने मूल्यांकनमा दोस्रोमा बैजनाथ गाउँपालिकाले ५९.३ अंक, खजुरा गाउँपालिकाले ५८ अंक, डुडुवा गाउँपालिकाले ५१.५ अंक, नरैनापुर गाउँपालिकाले ४८.७ अंक, नेपालगन्ज नगरपालिकाले ४६.९ अंक, जानकी गाउँपालिकाले ४३.६ अंक प्राप्त गर्दा कोहलपुर नगरपालिकाले भने ३५.२ अंक प्राप्त गरेका छ।
नेपाल सरकारले प्रदान गर्ने चार विधाको मूल्यांकनमध्ये लिजा, एफआरए, लिड र वित्त आयोगबाट हुने मूल्यांकनमा बाँके जिल्लामा कोहलपुर नगरपालिकाले सबैभन्दा भन्दा कम स्थान प्राप्त गरेको हो । कोहलपुर नगरपालिकाले प्राप्त गरेको अंकका विषयमा कसरी कमजोर भयो….? भन्ने प्रश्नमा प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरिले यो रिपोर्ट प्रारम्भिक मात्र भएको र आफुहरुले ७०% डकुमेन्ट अपलोड गर्न बाँकी रहेको बताउदै अबको एक हप्ता भित्र सबै राम्रो हुने जिकिर गर्नुभएको भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मुल्यांकन प्राप्त अंक चित्त नबुझे सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन सकिने आयोगले सूचना प्रकाशित गरेको छ ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs