त्रिपुरेश्वरमा भेटिएको शंकास्पद वस्तु ‘होक्स’ रहेको प्रहरीको ठहर

सुरक्षा सम्बादाता ६ फागुन २०८१ काठमाडौं; त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो ।उक्त वस्तु ‘होक्स’ (आतंकित बनाउन राखिएको वस्तु) रहेको पाइएको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

Advertisement 1

प्रहरीका अनुसार उक्त शंकास्पद झोलाभित्र केही कपडा कोचेर तर्साउने उद्देश्यले उक्त वस्तु राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उक्त वस्तु भेटिएको स्थानीयले खबर गरेपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs