बुढानिलकण्ठबाट अनलाइन जुवा खेलाउने कार्यमा संलग्न ४ जना भारतीय नागरिकहरू पक्राउ

सुरक्षा सम्बादाता ०६ फागुन २०८१ काठमाडौं; काठमाडौंमा बसेर अनलाइन जुवा तथा सट्टेबाजीको कारोबारमा संलग्न चार भारतीय पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले उत्तरप्रदेशका आरिफ हुसेन, अब्दुल कलाम,अभिषेक मदेसिया र इरफान पठानलाई पक्राउ गरेको हो।

Advertisement 1

उनीहरूलाई बुढानीलकण्ठ- २ तैलुङबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपील राज बोहराले बताए। उनीहरुको १२ वटा ल्यापटपसमेत प्रहरीले बरामद गरेको छ।

सोमबार नै प्रहरीले काठमाडौंमा यस्तै अपराधमा संलग्न २४ जना भारतीयलाई पक्राउ गरेको थियो।

Advertisement 2

बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूअन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने-खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानीलकण्ठ नगरपालिका–५ स्थित घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको खुल्न आएको  एसपी काजी आचार्यले बताए ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीमा पठाइएको छ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs