३२ ग्राम खैरो हेरोईन र दुई किलो बढि चरेससहित तीनजना पक्राउ

सुरक्षा सम्बादाता ०७ फागुन २०८१ कैलाली ; कैलालीमा ३२ ग्राम खैरो हेरोईन र दुई किलो बढि चरेससहित तीनजना पक्राउ परेका छन् ।कैलाली प्रहरीका अनुसार धनगढी महानगरपालिका-५ को यातायात कार्यालय पछाडि सडक छेउमा मंगलबार साँझ ३१ दशमलव ७३० मिलिग्राम खैरो हेरोईन र दुई किलो १७५ किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका-६ बस्ने २६ वर्षीय गोबिन्दबहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् ।उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्द नेतृत्वको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषधसहित समातेको हो ।यस्तै, लम्कीचुहा नगरपालिका-२ बगनिया बस्ने दिप्सन भन्ने दिपेश तिरुवालाई ५१० मिलिग्राम लागु औषध खेरो हेरोइनसहित पक्राउ गरिएको छ ।दुवै ठाउँबाट बरामद गरेको लागुऔषधको तौल ३२ ग्राम २४० मिलिग्राम रहको छ । उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs