नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका केआईआईटीका पाँच जना धरौटीमा छुटे

सुरक्षा सम्बादाता ०७ फागुन २०८१ काठमाडौं; भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन्।

Advertisement 1

केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

 

Advertisement 2

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।

यसपछि प्रकृतिको न्याय माग्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो ।

Advertisement 3

पछि भुवनेश्वर प्रहरीले कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो।

नेपाली विद्यार्थीहरूले सीसीटीभी हेरेर आफूहरुलाई दुर्व्यवहार गर्ने अन्य व्यक्तिहरुमाथि समेत जाँच गर्न माग गरेका छन् ।

तर, यहीबीचमा अदालतको आदेशमा पक्राउ परेकाहरु धरौटीमा छुटेका छन् । ओडिसा प्रदेश सरकारले यो प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति बनाइसकेको छ ।

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs