२०औँ हेड अफ एनसीबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई एआईजी थापा स्वदेश फिर्ता

सुरक्षा संवाददाता
०७ फागुन २०८१ काठमाडौँ ; २०औँ हेड अफ एनसीबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेतृत्वको टोली तालिम सफलता पुर्वक सम्पन्न गरि बुधबार स्वदेश फर्किएको छ ।
एआईजी थापाको नेतृत्वमा एसपी कोमल शाह सहितको टोलि कार्यक्रममा भाग लिई बुधबार बिहान स्वदेश फिर्ता भएका हुन् । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य तया सिनारियो अफ क्राइम एगेन्स्ट चाइल्ड विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल भएको थियो ।
उक्त कन्फरेन्समा नेपालको तर्फबाट सिनारियो अफ क्राइम एगेन्स्ट चाइल्ड इन नेपाल विषयमा प्रस्तुतीकरण गरिएको थियो । विश्वका करिब १४० राष्ट्रका ३०० प्रतिनिधिहरुले उक्त  ‘हेड अफ एनसीबी कन्फरेन्स’ मा भाग लिइरहेका थिए। कन्फरेन्स कार्यक्रम इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ गते गतेसम्म सञ्चालन भएको थियो ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs