लागु औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ

Advertisement 1

दिनेश राज न्यौपाने
०७ फागुन २०८१ नेपालगन्ज ; लागु औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेको छ। बाँके जिल्ला नेपालगन्ज उप-महानगरपालिका वडा नं. २१ पुरैनामा बेलुका अं.१६:०५ बजेको समयमालागु औषध ब्राउन सुगरको कारोबार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठमाण्डौ र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले चेकजाँच गर्दा रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराइच जिल्ला बस्ने वर्ष ३१ को विशाल अहमदलाई ३५१ ग्राम लागु औषध ब्राउन सुगर सहित फेला पारी निजको मोबाइल थान २ र UP 32 MS 2618 नं. को मोटर सहित पक्राउ गरी दाखिला गरेकोमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभएको छ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs