ट्रम्पलाई सम्बोधन गर्दै बालेन भने – तपाईंका नागरिक अल्छी छन्, देश बनाउन सक्दैनन्

सुरक्षा सम्बादाता ०९ फागुन २०८१ काठमाडौं; महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएकाे बताएका छन् ।अमेरिकीहरु आफू काम गर्न नसक्ने र काम गर्नका लागि अरु देशको जनशक्ति आवश्यक पर्ने गरेको बताएका हुन् ।उनले अमेरिका भन्दा नेपाल देश राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवाद पनि व्यक्त गरेका छन् ।उनले भनेका छन्, ‘हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू देश हाम्रो देश छाडेर जाँदैछन् । तिमी गरिब छौँ किन तिम्रो देशका मानिसहरूले देश बनाउन सक्दैनन् । तिमीहरू अल्छी छौँ । यसका लागि बाँकी संसार चाहिन्छ ।’उनले डिभी कार्यक्रमलाई रोक्न पनि आग्रह गरेका छन् ।उनले भनेका छन्, ‘कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस् र संसारलाई बढ्न दिनुहोस् ।’

Advertisement 1

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs