अब लाइसेन्स तथा अनुमति नलिई वाकिटकी प्रयोग गर्न नपाउने

Advertisement 1

सुरक्षा सम्बादाता ०९ फागुन २०८१ काठमाडौं; अब लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्ने नपाइने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात,बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गराएको हो ।विभागले सोमबार एक सूचना जारी गरी वाकिटकी लगायतका रेडियो उपकरणहरु विक्री बितरण तथा प्रयोग गर्न लाइसेन्स लिनुपर्ने उल्लेख गरेको छ ।सूचना प्रकाशित भएको ३५ दिन भित्र नियमानुसारको लाइसेन्स लिएर मात्र प्रयोग गर्न विभागले भनेको छ । लाइसेन्स नलिई प्रयोग गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने विभागले जनाएको छ।

 

प्रकाशित : ३ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs