नेकपा एमाले बाट निर्वाचित वडा सदस्यले विद्युत् कर्मचारीमाथि दुर्व्यवहार

सुरक्षा सम्बादाता १० फागुन २०८१ सर्लाही; सर्लाहीको हरिवन नगरपालिका–३ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य परीक्षण महतोले नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारी माथि गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन् ।विद्युत् महसुल नतिरेको कारण लाइन काटेपछि उनले सम्बन्धित कर्मचारीलाई “मेरो लाइन किन काटिस् ? तिमीलाई काटेर फालिदिन्छु१” भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेका छन्, जसको भिडियोसमेत सार्वजनिक भएको छ ।घटना फागुन ६ गते, मंगलवार राति करिब ९ बजे, हरिवन–४ स्थित धारटोलमा भएको हो । प्राप्त जानकारीअनुसार, वडा सदस्य महतोले लामो समयदेखि विद्युत् महसुल तिरेका थिएनन् । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण शाखाका कर्मचारीहरूले प्रक्रिया अनुसार महतोको घरको विद्युत् लाइन काटेका थिए । सोही घटनाको रिसमा उनले हरिवन – २ निवासी तथा विद्युत् प्राधिकरणका कर्मचारी अशोक कुमार कुशवाहामाथि दुर्व्यवहार गरेका हुन् ।घटनाका बेला कुशवाहा हरिवन – ३ धारटोल निवासी रामबृक्ष महतोको घरमा भोज खाइरहेका थिए । त्यही क्रममा वडा सदस्य महतो पुगेका थिए र आक्रोशित हुँदै अपशब्द प्रयोग गर्दै उनीमाथि धम्की दिएका थिए ।एक निर्वाचित जनप्रतिनिधिद्वारा सरकारी कर्मचारीमाथि यस प्रकारको अभद्र व्यवहार हुनु गम्भीर विषय हो । स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले घटनाबारे आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउने स्थानीयले अपेक्षा गरेका छन् ।

Advertisement 1

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs