
सुरक्षा सम्बादाता ११ फागुन २०८१ ताप्लेजुङ- पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्नुभएको हो ।
आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।
आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
प्रकाशित : २ महिना अगाडि