साढे ५ किलो चाँदी र १० लाखसहित चार भारतीय नागरिक पक्राउ

Advertisement 1

सुरक्षा सम्बादाता १२ फागुन २०८१ काठमाडौं । साढे किलो चाँदीसहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका–२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेती छन् ।काठमाडौं महानगरपालिका–२४ स्थित एक घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याइएको सुन र चाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्वरूपमा रहेको २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम सुन, ५ किलो ६ सय ग्राम चादी र नगद १० लाख ७५ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।

Advertisement 2

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs