पेस्तोलसहित मकवानपुरमा दुई जना भारतीय पक्राउ

Advertisement 1

सुरक्षा सम्बादाता १२ फागुन २०८१ हेटौंडा । मकवानपुरको हेटौंडाबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउण्ड गोलीसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरजकुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको प्रहरीको भनाई छ ।गौरबाट चितवनतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट पोस्तोल र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।उनिहरुको विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs