उपमेयर कप छात्रा क्रिकेटः उपाधिका लागि बालशिक्षा मावि र लक्ष्मी मावि भिड्दै

१२ फागुन २०८१ कोहलपुर;  कोहलपुरमा जारी ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को उपाधिका लागि बालशिक्षा मावि भरैया र लक्ष्मी माविबीच फाइनल हुने भएको छ । सोमबार बालशिक्षा मावि भरैयाले गोरखा युनाइटेड पब्लिक स्कुललाई र लक्ष्मी माविले ज्ञानज्योति माविलाई हराउँदै फाइनल यात्रा तयार गरेका हुन् ।
छौटौँ दिन सेमिफाइनलका दुई वटा खेल भएका थिए । पहिलो खेल बालशिक्षा मावि र गोरखा युनाइटेड पब्लिक स्कुल बीच भएको थियो । दोस्रो खेल ज्ञानज्योति मावि र लक्ष्मी माविबीच भएको हो ।
पहिलो सेमिफाइनल खेलमा बालशिक्षा माविले पहिले टस जितेर ब्याटिङ रोज्यो । निर्धारित २० ओभरमा बालशिक्षा माविले ८ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । बालशिक्षा माविका लागि सार्बधिक हुमकली ओलीले २५ बलमा १८ रन र सम्झना पुन मगरले २० बलमा १४ रन बनाएकी थिइन् ।
बालशिक्षा माविले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै गोरखा युनाइटेड पब्लिक स्कुलले ६.२ ओभरमा अलआउट हुदै २१ रनमा समेटिएको थियो । यो सँगै बालशिक्षा मावि ७३ रनले विजयी हुदैँ फाइनल प्रवेश भएको हो । उक्त खेलमा बालशिक्षा मावि सम्झना पुन मगरले ३ विकेट लिदै म्यान अफ द म्याच समेत बनिन् ।
दोस्रो सेमिफाइनल खेलमा ज्ञानज्योति मावि र लक्ष्मी मावि बिच भएको थियो । पहिला टस जितेर लक्ष्मी माविले ब्याटिङ रोज्यो । ब्यटिङ गर्दै लक्ष्मी माविले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
लक्ष्मी माविका लागि एलिशा बुढाले सार्बधिक ३१ बलमा १६ र रितु रासकोटिले ७९ बलमा १० रन बनाएकी थिइन् । लक्ष्मी माविले दिएको १४० रनको लक्ष्य पछ्याउँदै ज्ञानज्योति माविले १०.२ ओभरमा अलआउट हुदै ४२ रनमा समेटियो ।
लक्ष्मी मावि यो सँगै ९७ रनले विजयी हुँदै फाइनल प्रवेश गरेको छ । विद्यालयका लागि रितुले बलिङतर्फ ३ विकट लिएकी थिइन् । उनी म्यान अफ द म्याच समेत बनिन् । प्रतियोगिता–२०८१ को फाइनल आज कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १० बजे हुँदैछ ।
बालशिक्षा मावि भरैया र लक्ष्मी माविबीच उपाधिको लागि भिडन्त हुँदैछ । बालशिक्षा मावि भरैयाले गोरखा युनाइटेड पब्लिक स्कुललाई हराएर फाइनल पुगेको हो भने लक्ष्मी मावि ज्ञानज्योति माविलाई हराउँदैै फाइनल पुगेको हो ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs