नेपाल युक्रेनको पक्षमा उभिदा चीन र भारत अनुपस्थित

सुरक्षा सम्बादाता १३ फागुन २०८१ काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघको महासभाको छिमेकी भारत र चीनभन्दा भिन्न धारणा राख्दै ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्र संघ महासभाले प्रस्ताव पारित गरेको हो । यसअघि दुई वर्षअघि राष्ट्रसंघमा मतदान हुँदा नेपालले युक्रेनको पक्ष लिएको थियो । अहिले त्यसै नीतिलाई निरन्तरता दिएको छ ।युक्रेनको न्याय र शान्तिका पक्षमा ९३ देश उभिए जसमा नेपाल पनि छ । १८ देश विपक्षमा उभिए भने ६५ देश मतदानमा गयल रहे । भारत र चीन पनि गयल बसेका हुन् ।यसअघि युक्रेनलाई साथ दिँदै आएको अमेरिकाले भने अडान परिवर्तन गरेको छ । उसले युक्रेनको विपक्षमा मतदान गरेपछि विश्वभरि अमेरिकी मान्यता बदलिएको प्रसंगबारे चर्चा सुरु भएको छ ।अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुस लगायतले विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश पक्षमा छन् ।

Advertisement 1

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs