दलाल पुँजीवादी व्यवस्था अन्त्य गरि समाजवादी गणतन्त्र स्थापना गरौं; नेकपा (बहुमत) महासचिव धर्मेन्द्र

सुरक्षा सम्बादाता १३ फागुन २०८१ काठमाडौँ । वर्तमान ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । नेकपा बहुमतले मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिका विरुद्धमा देशव्यापी ६ महिने जन–संघर्षका कार्यक्रम घोषणा गरेको छ ।पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्दै पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले काँग्रेस–एमाले घुमाउरो तरिकाले पश्चगमनको तयारीमा लागिरहेको गम्भीर आरोप लगाए । बास्तोलाले ताप्लेजुङको पाथीभरामा जनताको जमिन खोसेर एकाधिकार पुँजीपतिको नीजिकरण गरी माफियाको सम्पत्तिमा रूपान्तरण गर्ने योजना रहेको र जनतामाथि सरकारी दमनको पनि भर्त्सना गरे । उक्त पार्टीका स्थायी समिति सदस्य गुणराज लोहनीले बैठकका निर्णयहरू सार्वजनिक गर्दै “दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ” भन्ने नारा सहित “भ्रष्ट, दलाल पुँजीवादी व्यवस्था विरुद्ध ६ महिने जनसंघर्ष अभियान” सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।  विभिन्न परियोजनासहित एमसीसी परियोजना खारेज गरेर देशलाई आत्मनिर्भर बनाउन संघर्ष गर्नुपरेको बताए ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs