१२७ किलो लागू औंषध गाँजाको धुलो (पोल्याण्ड) सहित एक जना पक्राउ

सुरक्षा सम्बादाता १५ फागुन २०८१ हेटौंडा । मकवानपुर प्रहरीले १२७ किलो लागू औंषध गाँजाको धुलो (पोल्याण्ड) सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर– ६ नयाँ बस्तीस्थित पूर्व– पश्चिम लोकमार्ग सडकखण्डमा साइड लगाई रोकी राखेको बा ७ च ७०१८ नंबरको सुमोलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडिको सिट मुनि लुकाई छिपाई गरी राखिएको अवस्थामा लागू औषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो (पोल्याण्ड) १२७ किलो ९४० ग्राम फेला परेको छ ।प्रहरीले सुमो चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नंम्बर ९ का ३८ वर्षका लाल बहादुर तामाङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs