लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज बाँकेमा एनेस्थेसिया सेवा मार्फत हड्डी भाँचिएको विरामीको अप्रेशन सफल

दिनेश राज न्यौपाने
१५फागुन २०८१ नेपालगन्ज ; पहिलो पटक लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा हड्डी भाँचिएको विरामीको Anesthesia टिम सहितको मुख्य अप्रेशन (Major Surgery ) सेवा सम्पन्न भएको छ।अस्पतालमा Regional Anesthesia दिएर जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्र.स.ह.नेत्र बहादुर कुँवरको दाहिने हड्डी भाँचिएको (Rt Clavicle Mid shaft Communited fracture) विरामीको अप्रेशन (ORIF with anatomical locking Plate & Interfrag screw fixation) कोशी प्रदेश प्रहरी अस्पताल बिराटनगर दरबन्दी भई हाल नेपालगन्ज अस्पतालमा कार्यरत हार्डजोर्नी तथा नशारोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा.श्याम कृष्ण लौडारीको टिमले अप्रेसन सफल गरेको छ। अप्रेसन सफल पार्न प्रहरी नायव उपरीक्षक डा.श्याम कृष्ण लौडारी सहित प्रा.प्र.स.नि. गोमा भण्डारी, प्रा.प्र.स.नि. टिका कुमारी पाण्डे, प्र.ह. भरत डाँगी, प्रा.प्र.स.ह.सुमन खड्का र प्रा.प्र.स.ह. महेन्द्र बि.सी. समेतको टोली साथै अस्पतालका प्रमुख प्रा.प्र.व.उ.डा.दीपा न्हुच्छे प्रधानको विशेष पहलमा सफलता पुर्वक अप्रेसन सम्पन्न भएको हो। पहिलो पटक यस्तो खालको अप्रेसनमा अस्पतालले श्री पश्चिम क्षेत्र सैनिक अस्पताल नेपालगन्जसंग आवश्यक समन्वय गरी एनेस्थेसिया चिकित्सक नेपाली सेनाका मेजर डा.प्रल्लाद महतोको टिम सहित लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज बाँकेमा एनेस्थेसिया सेवा मार्फत अप्रेशन सफल गरी बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs