बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

दिनेश राज न्यौपाने१६ फागुन २०८१ कोहलपुर ; नेपाल सरकार मन्त्री परिषदको बिहीवार बसेको बैठकको निर्णयअनुसार बाँकेका प्रमुख जिल्ला अधिकार (सिडियो) खगेन्द्र रिजालको सरुवा भएको हो। बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले गम्भीर आरोप लगाएका छन के साँचो हो…? भन्ने प्रश्न आम नागरिकमा उप्जिएको छ। मेयर आचार्यले रिजाललाई माध्यामिक तह एस इ इ परीक्षा केन्द्र लक्षित आरोप लगाएका छन । मेयर आचार्यले आफ्नो सामाजिक संजाल फेसबुक पेजबाट लगाएको आरोप हेर्नुहोस जस्ताको तस्तै ; सिडियो साब तपाईलाई धन्यवाद !!

बाँके जिल्लाका सिडियो (CDO)साबको सरुवा भएको खबर छ । सरुवा भई जादाँजादैँ कक्षा १० को SEE परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग राम्रै सौदाबाजी गर्नु भएछ ।
राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको राम्रो उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ । अझै लामो समय निजामती सेवामा रहने र माथिल्लो भूमिकामा पुग्ने निश्चित छ त्यसको लागि शुभकामना पनि छ । तर केही गलत प्रवृतीका पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालिमा धक्का दिन जुन कोशिस गर्नु भयो ईतिहासले धिक्कार्ने नै छ ।
अधिकारको चरम दुरुपयोग गरि सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्षा केन्द्रहरु हेरफेर गर्ने बहानामा जुन खालको अनुचित चलखेल गर्नु भयो । तपाईंको यो चलखेलले हामिलाई मद्दत हैन निरुत्साहित गर्ने निश्चित छ । तपाई खै कस्तो प्रलोभनमा पर्नु भयो बिस्तारै खुल्दै जाला तर सिङ्गो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरि गरिने यस्ता ध्रुत निर्णयको हामी सामना गर्ने नै छौं ।
हामी शिक्षामा लगानी, शैक्षिक प्रणालीको सुधार, मर्यादित परिक्षा संचालन र गुणस्तरीय शिक्षा प्रती संवेदनशील, जिम्मेवार र जवाफदेही छौं । त्यसैले यो वा त्यो रुपमा हाम्रो हुर्मत लिन कसैले प्रयत्न नगर्न सुझाव छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs