
दिनेश राज न्यौपाने
१६ फागुन २०८१ कोहलपुर ; नेपालका सरकार तथा सामुदायिक विद्यालयको शैक्षिक सुधार र गुणस्तरका हिसाबले निजी विद्यालयको तुलनामा कमजोर देखिन्छन। सामुदायिक विध्यालयको शैक्षिक सुधारका लागि विभिन्न प्रकारका तालिम, गोष्ठी ,सेमिनार ,सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण गरि शिक्षाको गुणस्तर सुधार्ने प्रयास गरिँदै आएको भएपनि यसले सार्थकता पाउन सकिरहेको देखिदैन ।
शैक्षिक गुणस्तर माथी उठाउन तथा शैक्षिक उपलब्धि हासिल र वृद्धि गर्न गरिएका अनेकौं क्षेत्रहरु/ कार्यहरुमा राज्यले करोडौं रकम खर्च गरेपनी प्रतिफल भने निराशाजनक देखिन्छ । सरकारी अभिलेखमै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर कमजोर रहेको सार्वजनिक हुँदै आएको सर्वबिबिदै छ।अर्कोतर्फ निजी स्रोतको लगानीमा सञ्चालित हुँदै आएका छन, त्यहाँ योग्य तथा तालिमप्राप्त विषयगत शिक्षकको त्यति राम्रो व्यवस्था र सरकारी अनुगमन प्रभाकारी नभएपनि शैक्षिक गुणस्तर सामुदायिक भन्दा माथि रहेको तथ्यांकले देखाउछ। शिक्षाले समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको मार्गमा डोर्याउने मार्गदर्शक मानिन्छ ।
Advertisement 1
सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने ठुला योजना बनाएपनी त्यहाँ गम्भीर ध्यान नजादा शैक्षिक शत्रभरि पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको हुँदैन जुन ठाउमा विषयगत, तहगत, विज्ञ शिक्षकको अभाव देखिन्छ ।
किन कमजोर भैरहेको छ सामुदायिक विद्यालयको शिक्षा?;
– विकट ग्रामीण ठाउका विध्यालयहरुमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्नु
– पाठ्यपुस्तक पुगे पनि विषयगत तथा तहगत शिक्षकको अभाव भइरहनु
– प्रयाप्त मात्रामा शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीको व्यवस्था अपुग हुनु
– शिक्षामा राजनीति हावा अत्याधिक घुस्नु
– विध्यालय व्यवस्थापन समिति र शिक्षकप्रति जिम्मेवारी बोध तथा अपनत्वको भावनामा कमी हुनु
– पाठ्यक्रमबाट निर्दिष्ट उदेश्य प्राप्तिका लागि सो अनुरुपको शिक्षण सिकाइमा प्रभाकारिता नहुनु
– फितलो व्यवस्थापन
– कमजोर सरकारी संयन्त्र,
सरकारी तथा सामुदायिक विद्यालय सुधार गर्न प्रत्येक शैक्षिकसत्रको सुरुवातमा गुणस्तर र सुधारका विषय छलफल हुने गर्छन तर विद्यार्थीको सिकाइमा सुधार हुन सकेको देखिदैन ।
सरकारी तथा सामुदायिक विध्यालयको शैक्षिक गुणस्तरमा बढावा दिन के गर्ने?
– समयमै पाठ्यपुस्तकको उपलब्धता गराउने
– विषयगत, तहगत एवम् तालिमप्राप्त शिक्षकको व्यवस्था गर्ने
– शैक्षिक सामाग्रीको समयमा उचित व्यवस्था गर्ने
– शैक्षिक गुणस्तर सुधार गर्ने शिक्षक, कर्मचारीलाई पुरस्कार र कमजोर हुनेलाई तालिम दिएर सुधारको अवसर प्रदान गर्ने
– शिक्षक प्रधानाध्यापकप्रति, प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिप्रति र ब्यवस्थापन समिति स्थानीय तहप्रति उत्तरदायी भएमा शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ।
सामुदायिक विद्यालयको अवस्था कमजोर हुनुमा प्रतिसोधपुर्ण सोच जसमा एकले अर्कोलाई दोष लगाएर आफू राम्रो देखिने प्रवृत्ति कायम हुनु। अभिभावकहरु शिक्षकले पढाएनन् भन्ने, शिक्षक विद्यार्थीले पढेनन् भन्ने, विद्यालयबाट भाग्यो, गृहकार्य गर्दैन जस्ता कुरा गर्ने, विद्यालय व्यवस्थापन समितिले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई तालमेल गराउन नसक्नु पनि शैक्षिक सुधार र गुणस्तर कमजोर हुनु हो।
पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर सुधार भन्दा पनि भौतिक पूर्वाधारको योजनातिर बढी चासो दिने गरेको देखिन्छ । यस्ता खालका सकारात्मक र रचनात्मक क्रियाकलापका विषयमा सबैको तालमेल र सहकार्य भएमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा कमि नहुने थियोकी …….?