सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने कामपा को घोषण

सुरक्षा सम्बादाता १७ फागुन २०८१ काठमाडौं; काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ ।कामपा वातावरण विभागका अनुसार, कामपा क्षेत्रका घर कम्पाउन्ड एवं परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अरू सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गरिनेछ ।कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार, जथाभावी फोहोर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।सार्वजनिक स्थानमा फोहोर फालेको महानगरको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही गरिनेछ ।यसैबीच, कामपाले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन ३२ वटै वडामा ६ क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको विभागको भनाइ छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs