नेकपा बहुमतको निर्णय;सम्पत्ति बिबरण पार्टीमा बुझाउनु र छोराछोरी नीजि स्कुलमा नपढाउनु

सुरक्षा सम्बादाता १७ फागुन २०८१ काठमाडौं; नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का निर्वाचित केन्द्रिय सदस्यहरुले अव देखि पार्टी भित्र आफ्नो सम्पत्ति बिबरण बुझाउनु पर्ने छ भने आफ्ना छोराछोरीहरुलाई नीजि बोर्डिङमा पढाउन पाईने छैन । गत माघ ४ देखि १० गते सम्म काठमाण्डौँमा सम्पन्न भएको नेकपा (बहुमत)को नौऔँ महाधिबेशनले उक्त निर्णय परित गरेको थियो ।पार्टीका एक नेताको अनुसार महाधिबेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरुले आफ्नो सम्पुर्ण सम्पत्ति पार्टीकरण गर्नु पर्ने , बिदेशमा रहेका नेताका छोरा छोरी स्वदेश फिर्ता बोलाउनु पर्ने , पार्टीका नेताका छोराछोरीहरु नीजि बोर्डिङ स्कुल पढाउन नपाईने लगाएका मागहरु पार्टीको नौऔँ महाधिबेशमा उठेका थिए । महाधिबेशनमा उठेका यिनै बिषयहरुको छलफल पछि अहिले नै केन्द्रिय सदस्यले सम्पत्ति पार्टीकरण गर्नु पर्ने भने छैन । सम्पत्ति के कति छ पार्टीलाई हिसाव किताब भने बुझाई राख्नु पर्ने छ । मंगवार पार्टीको महाधिबेशन पछिको बसेको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न जारी प्रेस बक्तव्यको २० नम्वर बुँदामा भनिएको छ । केन्द्रिय सदस्यहरुको सम्पत्ति बिबरण पार्टी भित्र सार्वजनिकरण गर्नु पर्ने निति लिएको छ साथै व्यापारिक स्कुलहरु बन्द गराउन र सम्पुर्ण नीजि स्कुललाई सरकारी सामुदायिक स्कुलमा बदल्दै गुणस्तरिय शिक्षा प्रदान गराउन केन्द्रिय समिति सदस्यका छोरा छोरीहरुलाई नीजि स्कुलमा नपढाउने नीति स्पस्ट गरेको छ ।आगामी कार्यक्रमको सन्दर्भमा “दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजबादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ” भन्ने नारा सहित “भष्ट्र दलाल पुँजीबादी व्यवस्था बिरुद्ध जनसंघर्ष अभियान” संचालन गर्ने निर्णय नेकपा बहुमतले सार्वजनिक गरेका छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs