जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिने प्रचण्ड को चेतावनी

सुरक्षा सम्बादाता १७ फागुन २०८१ सिरहा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् ।‘जनतासँग माओवादी तराई/मधेस जनजागरण अभियान’अन्तर्गत शनिबार (फागुन १७) सिरहा सदरमुकाममा आयोजित सभामा उनले दशवर्षे ‘जनयुद्ध’को जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए ।“अहिले सरकारमा रहेका दलहरू नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार संकुचित गर्ने, दुईदलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ,” अध्यक्ष प्रचण्डले भने ।उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान थालेको बताए । मधेसी जनताको आत्मसम्मानका निम्ति आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

Advertisement 1

 

 

प्रकाशित : ३ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs