मीटर ब्याजी कल्पना गैरे प्रहरी नियन्त्रणमा

सुरक्षा सम्बादाता १८ फागुन २०८१ काठमाडौं। प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाल्पा घर भई कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी ३९ वर्षीया गैरेलाई काठमडाौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि उनीमाथि धनगढीको चौराहामा कुटपिटसमेत भएको थियो । प्रहरीले गैरेविरूद्व शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य रहिसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्। हाल उक्त अस्पताल बन्द रहेको बताइएको छ ।उनी विभिन्न बहानामा ठगी गर्ने गिरोहकी मुख्य सदस्यका रूपमा चिनिन्छिन्। कैलालीमा ठूलो मात्रामा रकम ठगी गरेपछि पछिल्लो समय उनी पोखरामा लुकेर बसेको प्रहरीले जनाएको छ । गैरेमाथि जबरजस्ती चोरी, ठगी, र आपराधिक लाभ लिएको आरोप लागेको छ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs