स्व. वीरेन्द्र शाहि टि२० क्रिकेट : यु.भि.सि.सि. कोहलपुर र एच.सि.ए. काठमान्डौ विजयी

सुरक्षा संवाददाता
१८ फागुन २०८१ कोहलपुर ; युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आयोजक टिम युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर र हिमालयन क्रिकेट एकेडेमी काठमान्डौ विजयी भएका छन् । यु.भि.सि.सि. कोहलपुरले यङ्गगन्ज नेपालगन्जलाई र एच.सि.ए. काठमान्डौले घोडाघोडी ११ सुखड कैलालीलाई हराउँदै विजयी भएका हुन् ।
तेस्रो दिनको पहिलो खेलमा युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले यङ्गगन्ज नेपालगन्जलाई ४८ रनको फराकिलो अन्तरले हराउँदै जीत हासिल गरेको हो । टस जीतेर यङ्गगन्ज नेपालगन्जले पहिले फिल्डीङ रोजेको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको यु.भि.सि.सि. कोहलपुरले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउँदै १३४ रन बनायको थियो । यु.भि.सि.सि. कोहलपुरले जितका लागी दिएको १३५ रनको लक्ष्य पछ्याउँदै यङ्गगन्ज नेपालगन्जले १८.४ ओभरमा ८६ रन बनाउँदै अलआउट भएको हो ।
यु.भि.सि.सि. कोहलपुरका लागी सर्बाधिक क्षितिज थापा मगरले ३२, सिद्धान्त राज शाहीले १७, अमर रौतेला र निर्मल गुरुङ्गले समान १५–१५ रन बनाए । बलिङ्ग तर्फ यङ्गगन्ज नेपालगन्जका प्रतिक गिरी र सुनिल भण्डारीले समान २–२ विकेट लिए ।
यङ्गगन्ज नेपालगन्जका लागी सुनिल भण्डारीले सर्बाधीक ३५ र युवराज शर्माले १६ रन बनाए । बलिङ्ग तर्फ यु.भि.सि.सि. कोहलपुरका सुनिल सुनारले ५, निर्मल गुरुङ्गले २ विकेट लिए । यु.भि.सि.सि. कोहलपुरका सुनिल सुनार प्लेयर अफ द म्याच समेत बनेका थिए ।
दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी काठमान्डौले घोडाघोडी ११ सुखड कैलालीलाई ९ विकेटले हराएको छ । हिमालयन क्रिकेट एकेडेमी काठमान्डौले उत्कृष्ट बलिङ गर्दै घोडाघोडी ११ सुखड लाई १६.३ ओभरमा ६२ रनमा अलआउट गरेको थियो ।
६२ रनको सामान्य लक्ष्य हिमालयन क्रिकेट एकेडेमी काठमान्डौले ७.५ ओभरमा १ विकेटको क्षतिमा ६६ रन बनाउँदै पूरा गरेको हो । हिमालयन क्रिकेट एकेडेमी काठमान्डौका लागि किरण दौल्यालले २५ र दिपक बोहराले २४ रन बनाएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घोडाघोडी एघार १६.३ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा अलआउट भएको थियो । घोडाघोडी ११ सुखडका लागि सर्बाधीक निशान्त रेग्मीले १८ रन बनाए ।
हिमालयन क्रिकेट एकेडेमी काठमान्डौका आदित्य थापा र सन्दीप शाहीले समान ३–३ विकेट लिएका थिए । दोस्रो खेलको प्लेयर अफ द म्याच हिमालयन क्रिकेट एकेडेमी काठमान्डौका आदित्य थापा बनेका छन । उनले आफ्नो टिमका लागी ३ विकेट लिएका थिए । सेमीफाईनल दुबै खेल भोली स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल सकिए संगै भोली सेमीफाईनल खेल्ने चार टिमको टुङ्गो लागेको छ । सेमीफाईनलको पहिलो खेल भोली सि. युवा क्लब नेपालगन्ज र नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली बिच विहान ९ बजे साथै दोस्रो सेमीफाईनल खेल हिमालयन क्रिकेट ऐकेडेमी काठमान्डौ र भिजन क्रिकेट क्लव कोहलपुर विच दिउँसो १ बजे हुने स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताका खेल संयोजक सुमन गुरुङ्गले जानकारी दिए । फाईनल खेल प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा फागुन २० गते हुने गुरुङ्गले बताए।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs