टोखामा गोली प्रहार गरी भारतीय सुटर पक्राउ

सुरक्षा सम्बादाता १९ फागुन २०८१ काठमाडौं । प्रहरीले काठमाडौँको टोखामा गोली प्रहार गरी भारतीय नागरिकलाई पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दुई वर्षअघि काठमाडौँको गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी गुड्डु पटेललाई आइतबार गोली प्रहार गरी पक्राउ गरेको हो । पटेललाई घुँडामुनि गोली हानी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद पछिल्लो समय भने गोठाटारमा गार्मेट उद्योग चलाइरहेका थिए । सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए । प्रहरीको अनुसन्धानका क्रममा यसमा दुई जना भारतीय सुटर प्रयोग भएको खुलेको थियो । तीमध्ये एक जना गुड्डुलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो ।

प्रकाशित : ३ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs