कमाण्ड, कन्ट्रोल र कम्युनिकेशनमा क्षमतावान प्रजिअ रिजालको भब्यताका साथ विदाइ

दिनेश राज न्यौपाने
१८ फागुन २०८१ नेपालगन्ज ; नेपाल सरकार मन्त्रीपरिषदको बैठकको निर्णयअनुसार नियमित प्रक्रियामा सहसचिव स्तरको सरुवा बमोजिम बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गतका कार्यालयमा सरुवा भएपछि प्रजिअ खगेन्द्र प्रसाद रिजाललाई आइतबार एक कार्यक्रमका बीच भब्यताका साथ विदाइ गरिएको छ । बाँकेमा रहदा प्रजिअ रिजालले पदीय जिम्मेवारी अनुसार समग्र बाँके जिल्लाको अमन, चयन, शान्ती सुव्यवस्था कायम गर्नुका साथै नागरिकमा सुशासनको क्षेत्रमा र धार्मिक द्वन्द्वको चपेटामा परेको बाँके जिल्लालाई द्वन्द्व मुक्त बनाउन सफल योगदान दिएको भन्दै बिदाइ कार्यक्रममा उपस्थित ब्यक्तिहरुको तर्क रहेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकामा आयोजित बिदाई समारोहमा उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट सहित उपस्तिथि ब्यक्तित्त्वहरुले प्रजिअ रिजाल अत्यन्त नरम, मिजासिला, क्षमतावान्, इमान्दार र कर्तव्यनिस्ठ रहेको बताउदै प्रजिअ रिजालको कार्यशैलीको मुक्तकण्ठले प्रशंसा गरेका थिए । त्यस्तै नरैनापुर गाउपालिकामा आयोजित बिदाई एवं सम्मान कार्यक्रममा गाउपालिका प्रमुख सैयद इश्तियाक अहमद शाह लगायतले प्रजिअ रिजाल असल प्रशासक रहेको भन्दै प्रशंसा गरेका थिए ।बिदाइ तथा सम्मान कार्यक्रममा उपस्थित ब्याक्तित्वहरुले प्रजिअको रुपमा विधि र पद्धति अनुसार निष्पक्ष रुपमा काम गर्दा रिजाललाई केही व्यक्तिहरूले कपोलकल्पित आरोप लगाएको भन्दै दुख व्यक्त गरेका थिए । बिदाई कार्यक्रममा नरैनापुर उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, लेखा अधिकृत भरत बस्नेत लगायतको उपस्थिति रहेको थियो । भब्य समारोह सहित विदाइ भएका प्रजिअ रिजालले भने नेपाल सरकारको प्रतिनिधि भएर आफ्नो पदीय जिम्मेवारी सकेजति पूरा गर्ने प्रयास गरेको बताउनु भयो। मैले एउटा राष्ट्रसेवकको रुपमा नागरिकको सेवालाई शिरमा राखेर विधि र पद्धति भित्र बसेर सकेजति जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको हुँ’, प्रजिअ रिजालले भन्नुभयो, ‘त्यसबाट कोही कसैलाई हानी पुगेको भए वा नराम्रो भएको भए क्षमा चाहन्छु अनि मलाई यसरी विभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रबाट भएको यस्तो सम्मानपूर्ण बिदाइले आगामी दिनमा थप कर्तव्य निर्वाह पालना गर्न अभिप्रेरित गरेको बताउनु भएको थियो। प्रजिअ रिजाललाई विभिन्न स्थानिय तह सहित नेपाल वार एसोसिएसन लगायत विभिन्न संघ संस्थाले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए । प्रजिअ रिजाल बाँकेको ९ महिनाको कार्यकाल पुरा गरी सोमबार काठमाडौँ फिर्ता हुन लाग्नु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs