मेयर र सिडियोको टिकाटिप्पणी प्रती गम्भीर ध्यानाकर्षण- ना.उ.पा जिल्ला सचीव भुम भण्डारी

दिनेश राज न्यौपाने
१९ फागुन २०८१कोहलपुर ; बाँकेको कोहलपुर नगरपालिका स्थानीय सरकार प्रमुख र बाँके प्रमुख जिल्ला अधिकारीको गम्भीर टिकाटिप्पणी प्रती सरोकार राख्ने शैक्षिक पेशागत संगठहरु मौन बस्नु असान्दर्भिक भएको बताएका छन । नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति बाँकेका सचीव भुम बहादुर भण्डारी द्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। नागरिक उन्मुक्ति पार्टीले निकालेको प्रेस विज्ञप्ति यस्तो छ;
माध्यमिक शिक्षा तह परीक्षा (SEE) नजिकिंदै गर्दा बाँके जिल्लामा परीक्षा सञ्चालन र केन्द्र व्यवस्थापन सम्बन्धमा कोहलपुर नगरपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी बीच देखिएको आरोप-प्रत्यारोप, दोषारोपण तथा अमर्यादित टिकाटिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको छ । सबैभन्दा दुःखद पक्ष भनेको शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने पेसागत संघसंस्थाहरूको यस विषयमा देखिएको मौनता हो । साथै झण्डै तीन दिनसम्म जनताद्वारा निर्वाचित जनप्रतिनिधि र राज्यका प्रशासनिक निकायका प्रशासकहरू अनैतिक र अमर्यादित सन्देश प्रवाह गर्दै वकालत, स्पष्टीकरण दोषारोपणमा मात्रै संलग्न हुनु, जनतालाई भ्रमित तुल्याउने कार्य गर्नु तथा सत्यतथ्य अझै सार्वजनिक नगर्नु गम्भीर विषय हो । यसरी सार्वजनिक पदमा बसेका जिम्मेवार व्यक्तिहरूले विवादास्पद गतिविधिहरूमा संलग्न भएको देखिनु, पारदर्शिता कायम नगर्नु, सौदाबाजी र चलखेलको संकेत दिनुले शिक्षा क्षेत्रमा विकृती मात्रै नभई चलखेल भ्रष्टाचार अनियमितता छ भन्ने पुष्टि भएको छ जुन कार्य अत्यन्त निन्दनीय छ। यस घटनाले समग्र शिक्षा प्रणालीको विश्वसनीयता र निष्पक्षता माथि गम्भीर प्रश्न उठेको छ हजारौं विध्यार्थिको भविष्य अभिभावकको लगानीमा खेलवाड गरिएको कार्यको घोर आपत्ती व्यक्त गर्दछौ । यस किसिमका निन्दनीय अमर्यादित कार्यमा संलग्नको पहिचान गरि कडा कारबाहीको लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

Advertisement 1

यसकारण हामी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं कि :

क. यस घटनाको तत्काल निष्पक्ष र विस्तृत छानबिन गरियोस ।

Advertisement 2

ख. संलग्न व्यक्तिहरूलाई छानविनको दायरामा ल्याई कानूनी प्रक्रिया अघि बढाइयोस ।’

ग. आगामी दिनमा यस्ता अमर्यादित र अनैतिक क्रियाकलापहरू दोहोरिन नदिन आवश्यक कदम चालियोस ।

Advertisement 3

घ. शिक्षाका पेसागत संघसंस्थाहरूले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरी सत्यतथ्य सार्वजनिक गर्न दवाव सिर्जना गरोस ।

बहादुर भण्डारी सचीव

नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति, बाँके

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs