स्व. वीरेन्द्र स्मृति क्रिकेटः एनसिए र युभिसिसि फाईनलमा प्रवेश भोली ट्राफिकालागि फाईनल भिड्दै

दिनेश राज न्यौपाने
१९ फागुन २०८१ कोहलपुर ; युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र आयोजक युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले जित हासिल गर्दै फाईनलमा प्रवेश गरेका छन । नेशनल क्रिकेट एकेडेमी लम्कीले सि. युवा क्लब नेपालगन्जलाई र युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले हिमालयन क्रीकेट एकेडेमी काठमाडौंलाई हराउँदै फाईनल प्रवेश गरेका हुन् ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सि. युवा क्लब नेपालगन्जलाई ६ विकेटले हराउँदै नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली फाइनलमा प्रवेश गरेको छ । टस जीतेर नेशनल क्रिकेट एकेडेमी लम्की कैलालीले पहिले फिल्डीङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको सि. युवा क्लब नेपालगन्जले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनायको थियो । सि. युवा क्लब नेपालगन्जकस सौगात खत्रीले ३१ र सन्दीप नेपालिले १८ रन बनाए । बलिङ्ग तर्फ नेशनल क्रीकेट एकेडेमी लम्किका हेमन्त क्षेत्री र रबिन भण्डारीले समान २–२ विकेट र गोविन्द बिष्टले १ विकेट लिए । जितका लागी दिएको ११२ रनको लक्ष्य पछ्याएको नेशनल क्रिकेट एकेडेमीले १३.५ ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाउदै लक्ष्य पुरा गरेको हो । नेशनल क्रिकेट एकेडेमीका लागी आशिष लोहारले सर्बाधिक ४५ (नट–आउट), गोविन्द बिष्टले ३३ (नट–आउट) रन बनाए । बलिङ्ग तर्फ सि. युवा क्लब नेपालगन्जका अमन श्रेष्ठले २ र लभकुस यादवले १ विकेट लिए । सेमिफाइनलको पहिलो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्किका गोविन्द बिष्ट प्लेयर अफ द म्याच समेत बनेका थिए,सेमिफाइनलको दोस्रो खेलमा हिमालयन क्रीकेट एकेडेमी काठमाडौंलाई ४० रनले पराजित गर्दै युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर पनि फाईनल प्रवेश गरेको छ । टस जीतेर ब्याटिङ रोजेको युनाईटेड भिजन क्रिकेट क्लवले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायको थियो । युनाईटेड भिजन क्रिकेट क्लवका सिद्धान्त राज शाहीले ३१, निर्मल गुरुङ्गले २५ र क्षितिज थापा मगरले २० रन बनाए । बलिङ्ग तर्फ हिमालयन क्रिकेट एकेडेमी काठमान्डौका आदित्य थापा र दिनेश बिष्टले समान २–२ विकेट लिएका थिए। युनाईटेड भिजन क्रिकेट क्लवले दिएको १२७ रनको लक्ष्य पछ्याएकोे हिमालयन क्रिकेट एकेडेमीले १८.३ ओभरमा सबै विकेट गुमाएर ८६ रनमा अलआउट भएको थियो । हिमालयन क्रिकेट एकेडेमीका लागि सर्बाधीक दिपक बोहराले २५ र मुकेश धामीले १७ रन बनाए । बलिङ्ग तर्फ हिमालयन क्रिकेट एकेडेमीका निर्मल गुरुङ्गले ३, सुनिल सुनार र सुजात हुसेनले समान २–२ विकेट लिएका थिए । सेमिफाइनलको दोस्रो खेलमा युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरका निर्मल गुरुङ्ग प्लेयर अफ द म्याच बनेका थिए । उनले आफ्नो टिमका लागी २५ रन र ३ विकेट लिएका थिए । उपाधी भिडन्त भोली : एनसिए लम्की भर्सेज युभिसिसि कोहलपुर तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताको उपाधी भिडन्त भोली हुदैछ । सेमीफाईनलका दुबै खेल आज सकिएका छन् । सेमिफाईनल मा जित हासिल गर्दै नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर उपाधीका लागी भिड्ने पक्का भएको हो । एनसिए लम्की भर्सेज युभिसिसि कोहलपुरको खेल भोली विहान ९ बजे देखि प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा सुरु हुने स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताका खेल संयोजक सुमन गुरुङ्गले जानकारी दिए । स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताको बजेताले एक लाख पचास हजार रुपैयाँ नगद र ट्रफि हात पार्ने छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs