दुबईमा बसेर हुन्डीको कारोबार गर्ने पौडेल सिआइबीको व्यापक खोजीमा

२० फागुन २०८१ काठमाडौं। दुबईमा बसेर हुन्डी तथा क्रिप्टो कारोबारमा संलग्नहरुमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान थालेको छ। हालै पक्राउ परेको माइकल डगौराको समूहमा दुबईमा बस्ने नेपालीहरु समेत भेटिएका छन्।सिआइबी स्रोतका अनुसार बिनोद पौडेल र शेरबहादुर खत्रीको संलग्नता पुष्टि भएको छ । पक्राउ परेका माइकलकै बयानमा पनि अभौतिक मुद्राको कारोबारमा उनीहरुको संलग्नता रहेको उल्लेख छ ।एक अर्ब ८७ करोड ६५ लाख ३० हजार बराबरको क्रिप्टो तथा हुन्डीको कारोबार गरेको अभियोगमा मुद्दा दायर भइसकेको छ । सात जना जेल चलान भइसकेका छन्।सिआइबीले दोस्रो चरणमा यो गिरोहका थप व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।जसमा दुबईमा रहेका विनोद पौडेल, शेरबहादुर खत्री तथा अमेरिकामा रहेका आशिष चौलागाई लगायतको पनि संलग्नता खुलेको छ ।अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीका अनुसार उनीहरुले नेपालमा महिनामै करोडौंको हुन्डी कारोबार गर्दै आएका थिए। पौडेल लामो समयदेखि दुबईमा बसेर यस्तो काम गर्दै आएको सिआइबीले पत्ता लगाएको छ ।

Advertisement 1

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs