रंगशाला निर्माण प्रक्रियाको उजुरीमा धुर्मुस- सुन्तली लाई अख्तियार बाट क्लिन चिट

२० फागुन २०८१ काठमाडौं । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट उठेको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सफाइ दिएको छ ।प्राप्त सहयोगलाई फाउन्डेसनले प्रक्रियागतरूपमा नै खर्च गरेको ठहरसहित अख्तियारले उनीहरुलाई क्लीन चिट दिएको छ।चितवन क्रिकेट संघमा तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले गत २०७८ साल माघ २ गते धुर्मुस र सुन्तलीविरुद्ध अख्तियारमा उजुरी हालेका थिए । देश-विदेशमा रहेका नेपालीहरुबाट संकलित चन्दा र भरतपुर महानगरलगायत सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाएको र त्यसको दुरुपयोग गरेको उनको दाबी थियो । तर, अख्तियारको तीन वर्ष लामो अनुसन्धानबाट फाउन्डेसनले गरेको खर्च प्रक्रियामा कुनै कैफियत भएको देखिएको छौन ।अख्तियारका अनुसन्धान अधिकृत विमलकिशोर केपीले अधिकारीको उजुरीमा अनुसन्धान पूरा भई तामेलीमा राखिएको जानकारी गराउँदै केही दिनअघि  भरतपुर महानगरपालिकालाई पत्र पठाएका छन् । उक्त पत्रमा पछि थप प्रमाण फेला परे कानूनबमोजिम हुने उल्लेख छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs