सहिदका परिवारलाई साँक्षी राखेर बिभाजित माओवादी धाराबिच एकतामा जोड

२० फागुन २०८१ दाङ; दाङमा सहिदका परिवारलाई साँक्षी राखेर बिभाजित माओवादी धाराबिचको एकतामा जोड दिइएको छ । मंगलबार दाङको तुलसीपुरमा प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र विप्लव सी नेतृत्वको नेकपाबिच भएको महान सहिद , बेपत्ता योद्धा परिवार र घाइते योद्धाहरुको सम्मान तथा अभिनन्दन कार्यक्रममा बोल्ने वक्ताहरुले माओवादी एकतामा जोड दिएका हुन् ।१० वर्षे महान जनयुद्ध तथा एकीकृत जनक्रान्तिका सहिद , बेपत्ता योद्धा परिवार एवम घाइतेहरुको अभिनन्दन कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धन बहादुर मास्की (राजेश)ले सहिदका परिवारलाई साँक्षी राखेर बिभाजित माओवादी धाराबिचको एकतामा जोड दिए ।उनले भने – ‘माओवादीले चाहेको सत्ता यो होइन । हामिले चाहेको जनवादी गणतन्त्र हो तर चुनवाङ बैठकबाट हामिले पुजीवादी गणतन्त्र स्वीकार गरेका हौं ।हामिले लडाइँ रोकेका थिएनौं तर बिचमा माओवादीहरु बिभाजित हुन पुगियो । यो संविधान हामिले बनाएका हौं। संघीयता , धर्म निरपेक्षता , समावेशी लगाएत जे जति उपलब्धि हाँसिल गरेका छौँ त्यो हाम्रो देन हो । गणतन्त्र हामिले ल्याएका हौ तर अहिले प्रतिगामीहरुले उपलब्धिहरु उल्टाएर हामिलाई अपराधी करार गर्न खोजेका छन् । त्यसकारण सहिदलाई साँक्षी राखेर बिभाजित माओवादी धाराबिचमा एकता आवश्यकता छ।’यस्तै कार्यक्रममा बिशिस्ट अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले माओवादी धाराको बिचमा एकताका लागि पार्टीले केन्द्रीय कमिटीबाट डकुमेन्ट पास गरेको बताए ।

Advertisement 1

उनले भने – ‘हिजो केके भए अहिले समीक्षा गर्ने बेला होइन् । इतिहासमा माओवादी संसदीय व्यवस्था हुँदै एमालेको भंगालोमा गयो , हामीले २ वर्ष प्रतिबन्ध भोग्दै यहाँ छौं । अब अहिले प्रचण्ड , विप्लव यो वा त्यो ठिक बेठिक , कुतर्क गर्ने बेला होइन् । हामी माओवादी एकताको पक्षमा छौँ तर रुपान्तरण सहितको एकतामा हाम्रो जोड हो । एकता किन? के प्राप्तिका लागि भन्ने प्रश्न गहन हो । हाम्रो पार्टीको निष्कर्ष हो माओवादीहरु समाजवादका लागि दलाल पुजीवादी व्यवस्थालाई ध्वस्त पार्न एकताबद्ध हुने बेला आएको छ ।’

नेता सविन सीले यहीँ संसदीय व्यवस्था स्वीकार गर्नेगरी माओवादीसंग एकता नहुने समेत जिकिर गरे ।

Advertisement 2

महान जनयुद्ध तथा एकीकृत जनक्रान्तिका सहिद , बेपत्ता योद्धा परिवार एवम घाइतेहरुको सम्मान तथा अभिनन्दन कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार सुन्दर सी , केन्द्रीय सदस्य प्रदिप सी , तिलक सी , माओवादी केन्द्रका नेता विश्वराज आचार्य , माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्मान तथा अभिनन्दन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका १९ वडाका सहिद , बेपत्ता योद्धा परिवार एवम घाइतेहरुको सम्मान तथा अभिनन्दन गरिएको आयोजकले जनाएको छ ।

Advertisement 3

नेकपा (माओवादी केन्द्र) तुलसीपुरका अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुरका सेक्रेटरी रुद्र सीले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य माओवादी केन्द्रका नेता माइकलले व्यक्त गरेका हुन् ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs