ज्ञानेन्द्र शाहलाई लाई नजरबन्दमा राख्ने र आफुलाई पक्राउ गर्ने तयारी हुँदै गरेको दुर्गा प्रसाईँको दाबी

२२ फागुन २०८१ काठमाडौं । नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान सरकारले नजरबन्दमा राख्ने तयारी गरेको दाबी गरेका छन् । विश्वस्त सूत्रको हवाला दिँदै उनले सो दाबी गरेका हुन् ।सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईँले आफूलाई झूटा मुद्दा लगाएर पक्राउको तयारी भइरहेको जानकारी पाएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यस क्षणमा विभाजित होइन एकताबद्ध भएर राजसंस्था पुनः स्थापनाको आन्दोलनको आँधीबेहरी ल्याउन म सम्पूर्ण राष्ट्रभक्त नागरिकहरूमा आव्हान गर्दछु ।’२५ गते अगाडि नै आफूलाई पक्राउ गरिने उनको अनुमान छ । ‘म रहुँला वा नरहुँला,मलाई हिरासत लैजाला वा बाहिरै रहुँला केहि छैन । २५ गते सरकारको सवारीमा यस्तो शक्ति प्रदर्शन गरौँ कि यी देश बेचुवाको सत्ता च्युत होस, नेपाललाई फेरी हाम्रो गौरवपूर्ण नेपाल बनाउने यात्रा शुभारम्भ होस ।’आउँदो २५ गते पूर्वराजा पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन् ।

Advertisement 1

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs