नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

सुरक्षा सम्बादाता २३ फागुन २०८१ काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरण एनटीएको मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम एमडीएमएस परामर्श सेवा खरिदमा एनटीएका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरूषोत्तम खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।विशेष अदालतले खरिद प्रक्रियामा अयोग्य कम्पनीलाई छनोट गरेको, दुई करोड ४२ लाख अमेरिकी डलर लागत बढाएको ठहर गर्दै भुक्तानी भएको रकम २३ करोड २० लाख ५९ हजार ३१४ भ्रष्टाचार भएको ठहर गरेको हो ।विशेष अदालतका न्यायाधीसहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अध्यक्षद्वय झा र खनाललाई एकवर्ष तीन महिना कैदसहित जरिबानाको फैसला सुनाएको छ ।न्यायाधीशत्रय टेक नारायण कुँवर रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बिहीवारउनीहरुमाथि जनही ५ करोड ८० लाख १४ हजार ८२८ जरिवाना समेत हुने फैसला गरेको छ ।अख्तियारले ९१ करोढ ९८ लाख ३० हजार ८८२ रुपैंया विगो मागदावी गरेको थियो । साथै मोवाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैंया जरिवाना असुल्नुपर्ने समेत अख्तियारको दावी थियो ।

Advertisement 1

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs