दीपक मनाङेले २० प्रतिशत कैद छुट पाउने

२३ फागुन २०८१ काठमाडौं: ज्यान मार्ने उद्योगमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले २० प्रतिशत कैद छुट पाउने भएका छन्।जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज त्यस्तो आदेश गरेको हो। मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट माग गर्दै निवेदन दिएका थिए।सो ऐनमा अदालतबाट अन्तिम फैसला भएको ६० दिनभित्र आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। मागबमोजिम छुट पाएपछि मनाङेको कैद सजाय एक वर्ष घट्नेछ। चक्रे मिलनको हात छिन्ने गरी खुँडा हानेको पुरानो घटनामा सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो। फैसलाअघि नै २ वर्ष ८ महिना जेल बसिसकेका उनको बाँकी २ वर्ष ४ महिनामा पनि १ वर्ष कैद घटेको हो।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs