चिनमा नक्कली कर्मचारी खडा गरेर करोडौँ ठगी

२४ फागुन २०८१ बेइजिङ । चीनको एक कम्पनीमा ह्युमन रिसोर्स म्यानेजर (मानव संसाधन प्रबन्धक) लाई नक्कली कर्मचारी खडा गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय सुनाइएको छ । ती म्यानेजरले नक्कली कर्मचारीको नाममा आउने तलब आफूले राखेर कम्पनीलाई क्षति पुर्‍याएका थिए ।द पिपल्स प्रोक्युरेटोरेट अफ मिनहाङ डिस्ट्रिक्टले हालै एक श्वेत पत्र जारी गरेको थियो जसमा मिनहाङमा कम्पनी र इन्टरप्राइजका कर्मचारीहरूले गरेको अपराधको सूची सार्वजनिक गरिएको थियो । यसमध्ये एउटा घटनाले सबै जसो चिनियाँ मिडियाको ध्यान खिचेको थियो ।यो घटना सन् २०२२ को हो । सांघाईको एक प्रविधिसम्बन्धी कम्पनीका वित्तीय विभागका कर्मचारीहरूले अनौठो तथ्य फेला परेका थिए । सिआयो सुन नाम गरेका एक कर्मचारी, जो डेढ वर्षदेखि कम्पनीमा नियमितरुपमा काम गरिरहेका थिए, बारे कोही जानकार थिइनन् । उनलाई अन्य कुनै कर्मचारीले चिन्दैन थिए । यसबारे अनुसन्धान गर्दै जाँदा मानव संसाधन विभागका एक प्रबन्धक गरेको ठुलो ठगीको पर्दाफास भएको थियो ।याङ नाम गरेका ती प्रबन्धक कम्पनीको मानव संसाधन विभागमा सन् २०१४ मा आबद्ध भएका थिए । कम्पनीको विभिन्न विभागका कर्मचारीको व्यवस्थापन गर्ने उनको जिम्मा थियो । उनलाई कम्पनीको एक कमजोरी पत्ता लगाउन धेरै समय लागेन । कम्पनीमा नयाँ कर्मचारी नियुक्ति गर्ने र कर्मचारीको राजीनामा स्वीकृत गर्ने कुरा उनको अनुमतिमा मात्र हुन्थ्यो र, तलबका रूपमा कर्मचारीको खातामा जाने रकमको कसैले पनि समीक्षा गर्दैनथे ।यो कमजोरी पत्ता लगाएपछि उनले नाम मात्रका कर्मचारीहरू कम्पनीमा भर्ना गर्न थाले । तलबका लागि उनले विभिन्न बैंक खाताहरू खोलेका थिए ।आठ वर्षको अवधिमा याङले २२ जना नक्कली कर्मचारीलाई भर्ना गरेका थिए । उनीहरू सबैको तलब आफै संकलन गर्थे । तर, सन् २०२२ को अन्त्यमा कसैको नजर सियाओ सुनको पूर्ण हाजिरीमा पर्‍यो । जबकि कसैले सुनलाई देखेका पनि थिएनन् ।

Advertisement 1

अनुसन्धान सुरु भएपछि याङले करिब २२ लाख डलर ठगी गरेको स्वीकार गरे । उनले ठगी गरेको रकम मध्ये १ लाख ५० हजार डलर फिर्ता गरे भने उनको परिवारले पनि १ लाख ६५ हजार डलर तिरिदिए । तर, आठ वर्षमा उनले ठगी गरेको रकम भन्दा यो निकै कम थियो ।

त्यसैले उनलाई अन्ततः १० वर्ष २ महिना जेल सजाय सुनाइयो । यसको अतिरिक्त उनले १ वर्ष राजनीतिक अधिकार प्रयोग गर्न नपाउने सजाय दिइयो ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs