बैतडीमा छिमेकीलाई गोली हानी हत्या गरेको आरोपमा विष्ट पक्राउ

सुरक्षा सम्बादाता २४ फागुन २०८१ बैतडी; बैतडीमा लेनदेन विवादमा गोली प्रहार गरी युवकको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट शुक्रवार फरार रहेका कर्ण विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।गत शनिवार आफ्नै घरमा रहेको बन्दुकले कर्णको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।गाउँले भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी उनी फरार अवस्थामा थिए ।हत्यापछि बन्दुकसहित फरार रहेका विष्टको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बल्देब बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक गणेश कडायत नेतृत्वको टोली खटिएको थियो ।उनीमाथि अब थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs