ज्ञानेन्द्र लाई माओवादी अध्यक्ष प्रचण्डको चेतावनी; फेरि त्यस्तो मुर्खता गरे सह्य नहुने

२४ फागुन २०८१ जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य नहुने चेतावनी दिएका छन् ।जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई जबरजस्ती नगर्न चेतावनी दिए । स्थानीय जनतासँग प्रचण्डले भने, ‘पूर्वराजाले विगतमा ठूला मुर्खता गरेका छन् । फेरी पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु ।’उनले नेपाली जनताले उदारताका साथ कारबाही गर्नुको साटो आरामसँग बस्न दिएको उल्लेख गर्दै जनता र हामीले देखाएको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाए ।अध्यक्ष प्रचण्डले पूर्वराजालाई राजनीति गर्न मन छ भने पार्टी खोलेर चुनाव लड्न र जित्न चुनौती दिए । उनले भने, ‘संविधानले नै पार्टी खोल्न, चुनाव लड्न र जित्न अधिकार दिएको छ ।’

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs