घुमुवा प्रहरी हुँ भन्दै पैसा माग्ने एक जना पक्राउ

दिपक शाही २४ फागुन २०८१ रौतहट । घुमुवा प्रहरी हुँ भन्दै किसानसँग पैसा मागिरहेका एक जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्।पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेका छन् ।गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आलमले आफू जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो।आरोपी आलम हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs