जिप्रका सप्तरीद्वारा ड्युटीमा खटिएका प्रहरीलाई मोबाइल प्रयोगमा रोक

दिपक शाही २५ फागुन २०८१ सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाएको छ ।ड्युटीमा रहेका प्रहरीहरु मोबाइलमा लामो समय गफिदै बस्ने, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा व्यस्त रहने गुनासोपछि सप्तरी प्रहरीले मोबाइल प्रयोगमा रोक लगाएको हो ।अब ड्युटीमा खटिएका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन पाउने छैनन् । कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि मोबाइल प्रयोग गर्न पाउनेछन् ।ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले मोबाइल प्रयोगमा रोक लगाएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs